आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

नेपालखोज २०८२ साउन १४ गते ८:१३

भोजपुर । षडानन्द नगरपालिकाले रु आठ करोड ३२ लाख लागतमा दिङ्लामा ३० कोठे कार्यालय भवन निर्माण गरेको छ ।

नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए । यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

प्रतिक्रिया