प्रदेश संसदीय दलको नेताका लागि इन्द्र बानियाले गरे मनोनयन दर्ता
नेपालखोज
२०८२ साउन १४ गते १०:३३

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनका लागि नेता इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् ।
मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेता चयनका लागि आज हेटौडामा मतदान गरेका हुन् ।
बानियाँको प्रस्तावकमा यांकिला शेर्पा रहेकी छन् भने समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् ।
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम ११ बजेभित्र सञ्चालन हुनेछ । उम्मेदवारहरूको प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ ।
दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया