नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ‘इन्स्टन ईएमआई’ सुविधा

नेपालखोज २०८२ साउन १४ गते १२:३७

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले नेपालमै पहिलोपटक ‘पीओएस मशिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टन ईएमआई’ सुविधा ल्याएको छ ।

ग्राहकलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै, बैंकले नेपालमै पहिलोपटक ‘एनआईएमबी ‘एनआईएमबी पीओएस मशिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टन ईएमआई’ सुविधा शुरू गरेको छ ।

अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि व्यापारिक स्थानमा ‘एनआईएमबी पीओएस मशिन’मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी (ईएमआई) सुविधा प्रयोग गर्न सक्नेछन् ।

यो सुविधा ग्राहकहरूले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटविना तुरुन्तै उपलब्ध हुनेछ । ‘इन्स्टन ईएमआई’ सुविधाले ग्राहकलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउने बैंकको विश्वास छ ।

यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ । सरल प्रक्रियामार्फत स्वचालित रूपमा शुरू हुने यो सुविधा, डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल २७५ शाखा, २६५ एटीएम, ६५ एक्स्टेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया