दुईपटक ओलम्पिक च्याम्पियन लौरा डालमायरको पाकिस्तानमा पर्वतारोहणको क्रममा मृत्यु
नेपालखोज
२०८२ साउन १५ गते ६:४०

काठमाडाैं । दुई पटककी ओलम्पिक च्याम्पियन लौरा डालमायरको पाकिस्तानमा पर्वतारोहण अभियानको क्रममा मृत्यु भएकाे छ । सोमबार काराकोरम पहाडमा आरोहण अभियानको क्रममा जर्मन निवासी लौरा डालमायर ढुङ्गामुनि फसेकी थिइन् ।
लगभग १८,७०० फिटको उचाइमा भएको दुर्घटनापछि उनकी पर्वतारोहण साथी मारिना इभाले आपतकालीन सेवाहरूलाई जानकारी गराएकी थिइन् ।
यसपछि, जर्मनी र अमेरिकाका विशेषज्ञ पर्वतारोहीहरू सम्मिलित उद्धार टोलीले तुरुन्तै उद्धार कार्य सुरु गर्यो, तर प्रतिकूल मौसमका कारण उनीहरूको खोजीमा बाधा पुगेको थियो । बीबीसी
सम्बन्धित

प्रतिक्रिया