बालुवाटारमा २ दलका शीर्ष नेताबीच भेटवार्ता, मन्त्री हेरफेरबारे छलफल हुने

काठमाडौं । बालुवाटारमा सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच भेटवार्ता भएकाे छ । आज बालुवाटारमा भएकाे भेटमा मन्त्री हेरफेर लगायत सरकारका कामकारवाहीबारे छलफल हुने छ ।
बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटलगत्तै मन्त्रीहरू हेरफेर गर्ने सोच बनाएपनि नेपाली कांग्रेसले निर्णय नगर्दा ढिलाइ भएको थियो ।
आजको छलफलमा मन्त्री हेरफेरबारे प्रधानमन्त्रीले कांग्रेस सभापति देउवाको स्पष्ट धारणा माग्नेछन् । नेपाली कांग्रेसले भने मन्त्रीहरू फेर्दा पार्टीमा किचलो बढ्न सक्ने भन्दै आफ्नो पार्टीका अहिले भएकै मन्त्रीहरुलाई निरन्तरता दिने सङ्केत गरेको छ ।

प्रतिक्रिया