ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु
नेपालखोज
२०८२ साउन १५ गते १४:२६

काठमाडौं । काठमाडौंको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बा प्र ०१*००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा प्र ०२-०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया