मंगलबार, मंसिर २३, २०८२

सिटिजन्स सदाबहार योजनाकोइकाई बाँडफाँड सम्पन्न

नेपालखोज २०८२ साउन १५ गते १५:४०

काठमाडौं । सिटिजन्स सदाबहार योजनाकोइकाई बाँडफाँड सम्पन्न भएको छ ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना संचालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई मिति २०८२ आषाढ १३ गते देखि मिति २०८२ आषाढ २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमासि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत माग गरिए भन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको कम्पनीले जानकारी दिएको छ ।

उक्त निष्काशनमा प्राप्त आवेदकहरुको विवरण अनुसार बाँडफाँड समितिको बैठकले तयार पारेको बाँडफाँड तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा धितोपत्र बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएकोले सोहि तालिकालाई अन्तिम रुप दिइ धितोपत्र बोर्डको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम यही साउन १५ गते बिहिबारका विहान १०ः३० बजे योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाण्डौंमा योजना व्यवस्थापकका प्रतिनिधिहरु, कोष प्रवद्र्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग लि.का प्रतिनिधि तथा केही लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गर्ने कार्य सम्पन्न भएको छ ।

यो खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्काशन अवधि भित्र आवश्यक भन्दा बढी संख्यामा इकाईको माग प्राप्त भई नेपालकै पहिलो २५% ले ओभर सव्सक्राईब भएको खुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको छ ।

यसका लागि उल्लेख्य सहभागिता जनाउने सम्पूर्ण लगानीकर्ता, विभिन्न क्षेत्रबाट सहयोग तथा सद्धभाव प्रदान गरी इकाई निष्काशन कार्यलाई ऐतिहासिक रुपमा सफल बनाउनु हुने सम्पूर्ण शुभेच्छुक, आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियामक निकायहरु, संचारकर्मी लगायत सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धक/योजना व्यवस्थापकको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग र सद्धभावको अपेक्षा सहित सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको जनाएको छ ।

प्रतिक्रिया