नागरिक उन्मुक्ति पार्टीकाे अध्यक्षमा लालवीर चौधरी चयन
नेपालखोज
२०८२ साउन १५ गते १८:२५

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका छन् ।
पार्टी अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाएर चौधरीलाई अध्यक्ष बनाइएको हो । संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष छानेको हो । भेलाले बुधबार रञ्जीतालाई अध्यक्षबाट हटाएको थियो ।
राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिविधानअनुसार अघि बढाउने बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया