सुनको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ साउन १६ गते ११:२८

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया