पत्रकारिता समालोचनात्मक हुन आवश्यक छ : मुख्यमन्त्री कार्की

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेसजगत्ले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्नेगरी निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रेस क्लब भद्रपुरको कार्यालय उद्घाटन गर्दै आज उनले पत्रकारिता पेसा नीतिगत रूपमा सरकारका राम्रा कामको प्रचार-प्रसार र गलत क्रियाकलापको समालोचना गर्न सक्षम हुनुपर्ने बताए ।
‘पत्रकारिता केवल समाचार सङ्कलन मात्र नभई समाज रूपान्तरणको माध्यम हो’, मुख्यमन्त्री कार्कीले भने, ‘इतिहासले प्रमाणित गरिसकेको छ कि पत्रकारिताबाट सामाजिक र राजनीतिक परिवर्तन सम्भव छ । त्यसैले आजको पत्रकारिताले पनि जनताको आवाज बुलन्द बनाउने दायित्व बहन गर्नुपर्छ ।’
कार्यक्रममा विगत लामो समयदेखि पत्रकारितामा योगदान पुर्याउँदै आएका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री र नकुल काजीलाई दीर्घकालीन सेवा सम्मान गरेको थियो । साथै प्रेस क्लबलाई आर्थिक तथा अन्य सहयोग गर्ने व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया