देश बनाउन सबैले असल काम गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

नेपालखोज २०८२ साउन १७ गते २१:३७

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले कर्मचारीदेखि प्राविधिकसम्म सबैले असल काम गरे मात्रै देश बन्ने बताएका छन् ।

निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको कार्यक्रममा आज यहाँ उनले कर्मचारी र प्राविधिकको गलत नियतले देश बिग्रदै गएको बताए ।

कार्यक्रममा देशभरका विभिन्न ५४ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो । इन्स्टिच्युटका अध्यक्ष बालकृष्ण बनमालाले कला क्षेत्रमा गरेको योगदानका लागि भक्तपुरका चर्चित कलाकार रामशरण प्रजापतिलाई सम्मान गरिएको बताए ।

प्रतिक्रिया