मालेगाउँ विस्फोट मुद्दामा निर्दोष साध्वी प्रज्ञा सिंह ठाकुरले के भनिन् ?

काठमाडाैं । मालेगाउँ बम विस्फोट मुद्दामा विशेष एनआईए अदालतले निर्दोष ठहर गरेपछि साध्वी प्रज्ञा सिंह ठाकुरले प्रतिक्रिया दिएकी छिन् ।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै साध्वी प्रज्ञा सिंह ठाकुरले भनिन् , ‘महाराष्ट्र मेरो हृदयमा बस्छ। महाराष्ट्रमा मालेगाउँ मुद्दा दायर गर्नेहरूलाई सजाय दिइएको छ। म यति मात्र भन्छु कि जहाँ देशभक्ति हुन्छ, त्यहाँ देशद्रोहीहरू बाँच्न सक्दैनन्।’
अदालतले बिहीबार भाजपा नेतृ प्रज्ञा सिंह सहित मुद्दाका सबै सात अभियुक्तहरूलाई सफाइ दिएको छ । यस मुद्दामा सबैभन्दा बढी चर्चामा रहेका अभियुक्तहरू साध्वी प्रज्ञा र लेफ्टिनेन्ट कर्नल श्रीकान्त पुरोहित थिए। साध्वी प्रज्ञा भोपालबाट सांसद रहेकी छिन् ।
लगभग १७ वर्षअघि मालेगाउँमा भएको बम विस्फोटमा सात जनाको मृत्यु भएको थियो भने लगभग १०० जना घाइते भएका थिए ।मालेगाउँ विस्फोट: साध्वी प्रज्ञा लगायत सबै अभियुक्तलाई सफाइ दिएपछि पीडित पक्षले भन्यो, ‘हामीमाथि गलत भयो’








प्रतिक्रिया