मंगलबार, मंसिर २३, २०८२

तोलामा ३४००ले रुपैयाँ बढ्यो सुनको मूल्य

नेपालखोज २०८२ साउन १८ गते ११:११

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३४०० रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । जवकि शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया