बिमलालाई सफाइ दिएपछि आत्मदाहको चेतावनी

नेपालखोज २०८२ साउन १८ गते १६:१३

काठमाडौं । विष्णुविक्रम थापालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने विमला पाण्डेलाई उन्मुक्ति दिएको पीडित परिवारले बताएका छन् । आइतबार संवाद डबलीमा विष्णुविक्रम थापाका बुबा कमल बहादुर थापाले आफ्नो छोरालाई आत्महत्या गर्न बाध्य पार्नेलाई न्यायलयले उन्मुक्ति दिएको बताए । उनले प्रहरीले अनुन्धान नगर्दा आफ्नो छोराले न्याय नपाएको बताए ।

‘मेरो छोराको आत्महत्या होइन, हत्या नै हो, किनभने उसलाई बाध्य बनाइयो । आत्महत्या गर्न बाध्य पार्नेलाई प्रहरीले अनुन्धान नगर्ने र अदालतले त्यसलाई आधार बनाएर उन्मुक्ति दिइयो’ विष्णुविक्रमका बुबा कमल थापाले भने । २०७७ चैत्र ११ गते काठमाडौं बौद्धमा महाँकाल ओरालो तेन्जिङचोक जानेबाटो डेरा गरी बसेको कोठामा विष्णुविक्रमको शब पत्नी बिमलाले बिस्तारामा राखेको अवस्थमा आफन्तले भेटाएका थिए । घटनास्थलमा पुग्ने कविता नेपालका अनुसार विष्णुविक्रमको घाँटी र ओटमा निल डाम थियो ।

विष्णु विक्रमकी दिदी यसोधा थापाले आफ्ना भाईलाई हत्या गरेको तर सरकार र न्यायलयले न्याय नदिएको गुनासो गरिन् । उनले भनिन, ‘मेरो भाईको मरेको शब ओछ्यानमा सुताएर राखियो । यदि आत्महत्या हो भने कि झुण्डिएको अवस्थामा शब भेटिएन ? किन पहिला प्रहरीलाई खबर गरिएन ? किन हामीलाई जानकारी दिइएन ?’ उनले आफ्नो भाईले आत्महत्या गर्नुपर्ने अन्य कुनै कारण नभएको समेत दाबी गरिन् ।

यसोधाले आफ्नो भाईको फोन प्रहरीले डेड बर्षसम्म प्रयोग गरेको बताउँदै फोसबुक र इमो अकाण्ट पनि प्रहरीले नै चलाएको प्रमाण पेश सार्वजनिक समेत गरिन् । उनले केटीको मोबाइल, कल डिटेल, सामाजिक संजाललगायत अनुसन्धान नगरेको समेत दाबी गरिन् । उनले बौद्ध प्रहरीमा उजुरी गरेपछि फोन फिर्ता गरेको बताइन् ।

कार्यक्रममा अभियान्ता आरती रावलले प्रहरीले सही तरिकाले अनुसन्धान नगरेकै कारण पीडितले न्याय नपाएको बताइन् । उनले प्रहरी पिडकको संरक्षक भएकै कारणले पीडितले न्याय नपाएको बताइन् । उनले पीडितको न्यायको लागि आफूहरु सर्वोच्च अदालत अगाडि धर्ना बस्नेलगायतका कार्यक्रम गर्ने जानकारी पनि दिइन् । त्यस्तै, अर्की अभियान्ता रेणु पौडेलले पनि अनुसन्धान गर्ने निकाय महुँच र शक्तिबाट प्रभावित हुने गरेकै कारणले पीडितले न्याय नपाएको बताइन् । उनले पिडकलाई हदैसम्मको कारवाही हुनुपर्ने समेत बताइन् ।

जिल्ला र उच्चले आत्महत्या गर्न बाध्य पार्नेलाई सफाइ दिएपछि पीडित परिवारले सर्वोच्च मुद्दा दोहोर्याई पाउँ (दोपा) दर्ता गराएका छन् । यही साउन १६ गते बुबा कमलबहादुरले दर्ता गरेको दोपाको तारेख भदौ २९ गतेलाई राखेको छ । यसअघि पीडित परिवारले रमेश बडालले २०८२ असार ३२ गते महान्याधिबक्ता रमेश बडालले दोपा नगर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध पीडित परिवार न्यायको लागि सर्वोच्चको ढोकासम्म पुगेका हुन् ।

आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत काठमाडौँले २०८० कात्तिक १९ बिमललाई सफाइ दिएको थियो । त्यसपछि पीडित उच्च अदालत पुगेको थियो । उच्चले पनि २०८१ फागुन १३ गते जिल्लाकै आदेश सदर गरेको थियो । पत्रकार सम्मेलनमा पीडित परिवार र अभियान्ताले झगडियालाई झिकाएर प्रमाणका आधारमा पीडितलाई न्याय दिन सर्वोच्चसँग आग्रह गरेका छन् ।

विष्णुविक्रम र बिमलाबीच विवाह भएको ५ महिना १० दिनमै उक्त घटना भएको थियो । स्थायी घर मेलम्ची नै भएका विष्णुविक्रम र बिमलाले लभ म्यारिज गरेका थिए । तर, विवाह भएको दुई महिनामै परपुरुषसँग सम्बन्ध रहेको विष्णुविक्रमको मोइबालमा प्रमाण भेटिएको पत्रकार सम्मेलनमा प्रमाण सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया