मंगलबार, मंसिर २३, २०८२

आगामी मंसिरमा लगानी तथा विकास सम्मेलन गर्दै सुदूरपश्चिम सरकार

नेपालखोज २०८२ साउन १९ गते २२:०५

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन कार्यकारी समितिको प्रस्तावअनुसार आज यहाँ बसेकोे मन्त्रिपरिषद्को बैठकले मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको हो ।

यसअघि असोज १ र २ गते गर्ने भनिएको सम्मेलन विविध कारणले सारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले विसं २०८२ को अट्वारी पर्वको सार्वजनिक बिदा भदौ ८ गते आइतबार हुनेगरी संशोधन गरेको छ ।

बैठकले यसअघि प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा साउन २५ का लागि दिइएको उक्त बिदा भदौ ८ गते हुनेगरी संशोधन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको हो । यो पर्व विशेषगरी पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले मनाउने गरेका छन् । -रासस

प्रतिक्रिया