सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ साउन २० गते १०:४०

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सयले बढेर १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएकाे छ । सोमबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया