नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिए पद तथा गोपनीयताको शपथ
नेपालखोज
२०८२ साउन २० गते १८:२५

काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेतामा पराजित गरेर बानियाँ मुख्यमन्त्री बनेका हुन् । वाग्मती प्रदेशको सभापतिसमेत रहेका बानियाँ ०७९ पुस १३ मा लामासँग संसदीय दलमा पराजित भएका थिए ।
सम्बन्धित

प्रतिक्रिया