मञ्जुश्री फाइनान्सद्वारा भिडियो केवाईसी सुरु
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको सुबिधालाई मध्येनजर गर्दै सेवा सार्वजनिक गरेको छ । डिजिटल क्षेत्रमा ग्राहक वर्गलाई सहज बैंकिंगको सुबिधाको साथै ग्राहकको समय बचत गराउने उधेश्यले भिडियो केवाईसीको सुरुवात गरिएको हो ।
मन्जुश्री इनोभेसन तथा डिजिटल एडप्सनको क्षेत्रमा अव्वल स्थानमा आफ्नो पहिचान बनाउदै गरेको फाइनान्स कम्पनी हो । टेक साभे ग्राहक तथा बिदेशमा रहेका नेपालीहरुलाई मध्येनजर गर्दै फाइनान्सले सो सुबिधाको सुरुवात गरेको हो । अब खाता उपडेट गर्नको लागि बैंकको शाखा पुग्नु पर्ने बाध्यतालाई हटाउनको लागि सो सुबिधाको सुरुवात भएको हो ।
हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरि करिब १८ अर्ब छ करोड रुपैंयाँ कर्जा परिचालन गरेको फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ ।
फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।
हालसम्म एक लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको फाईनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा दावी पनि उक्त फाईनान्सले गरेको छ ।








प्रतिक्रिया