आइतबार, मंसिर २८, २०८२

होटेल भादगाउँ एण्ड रिर्सोटको सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता

नेपालखोज २०८२ साउन २० गते १९:४७

काठमाडौं । पर्यटकीय नगरी भक्तपुरमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको होटल भादगाउँ एण्ड रिर्सोटले आफ्नो व्यवसाय विस्तार गर्न सर्वसाधारणको समेत सहभागिता गर्नका लागि साधारण शेयर (आईपीओ) निष्काशनबाट १५ लाख कित्ता शेयर जारी गरी जम्मा १५ करोड रुपैयाँ जुटाउने तयारी गरेको छ ।

यसबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, पूर्वाधार विकास गर्ने योजना गरिएको छ । शेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

यसै सन्दर्भमा, आयोजित एक औपचारिक कार्यक्रममा होटल भादगाउँ एण्ड रिर्सोटको तर्फबाट प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

भक्तपुरमा अवस्थित एक सांस्कृतिक धरोहरबाट प्रेरित आतिथ्य सेवामा आधारित नेवारी वास्तुकला र सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने यो होटल सन् २०२१ मा स्थापित भई स्थानीय आतिथ्य सेवाको उत्कृष्ट प्रतीक बनेको छ । युनेस्को (ग्ल्भ्क्ऋइ) को विश्व सम्पदा सूचीमा परेको शहरको मध्यभागमा यो होटेल अवस्थित रहेको छ ।

यो होटलले हाल ४० वटा सुविधा सम्पन्न कोठाबाट आफ्नो व्यवसाय गर्दै आईरहेको र शेयर निष्काशन पश्चात् आफ्नो व्यवसाय विस्तार गर्नका लागि १०० वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, भूमिगत पार्किङ्ग स्थल, बाह्य बगैँचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरु निर्माण गर्ने प्रबन्ध निर्देशकले जानकारी गराएको छ ।

उक्त सेवाहरु थप गरे लगतैै स्थानीय स्तरमा रोजगारी सिर्जना र भक्तपुरको पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । होटलले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा तथा दीगो विकास लक्ष्यहरुप्रति प्रतिबद्ध रहँदै व्यवसाय विस्तारमा अग्रसर रहने स्पष्ट रणनीति अघि सारेको छ ।

प्रतिक्रिया