घट्यो सुनको मुल्य
नेपालखोज
२०८२ साउन २१ गते ११:२३

काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य मात्र १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन बुधवार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । मङ्गलवार तोलामा २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर तोलामा २ हजार ३०५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया