लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजार चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८८ ग्राम ३८० मिलिग्राम र नगद २ लाख ५६ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ जुदगंज बस्ने ३४ वर्षीय मनोज कुमार खत्वे र भारत अररिया बस्मतिया पन्चायत–८ बेल्हा बस्ने ४५ वर्षीय राज कुमार खत्वे रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको ईनरूवा नगरपालिका-४ बस चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४०० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका–२ बस्ने २० वर्षीय रमेश बस्नेतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ शान्तिटोल बस्ने ३० आदेश लामालाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम र लागूऔषध जस्तो देखिने सेतो धुलो पदार्थ २ ग्राम २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलालीको जानकी गाउँपालिका–७ भुर्साबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय मनोज कठरिया थारूलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका–५ बस्ने २४ वर्षीय अभिनाश चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडाबाट अवैध लागूऔष ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम र नगद १५ हजार ९२० रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–४ बस्ने २४ वर्षीय देवेन्द्र भन्ने अशोक चौधरी, सोही नगरपालिका–७ बस्ने ३२ वर्षीय बिजय मगर र १८ वर्षीय किशोर रहेक छन् ।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया