प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडाैं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएका छन् ।
भेटवार्तामा दुईदेशबीचको सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उहाले नेपाल र तुर्कमेनिस्तान भूपरिवेष्टित देश रहेकाले आगामी दिनमा दुई देशबीच सहकार्य गर्दै अघि बढ्न आफुले प्रतिवद्धता जनाएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले नेपालको बिकासको अवस्थामा बारेमा पनि तुर्कमेनिस्तानका राष्ट्रपतिलाई जानकारी गराएको उल्लेख गरे
भेटवार्तामा तुर्कमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । त्यसअघि बुधबार नै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया