माओवादी केन्द्र र विप्लव नेतकपाबीच छिट्टै एकता हुन्छ : महासचिव गुरुङ

नेपालखोज २०८२ साउन २१ गते १६:२५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।

गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताए । ‘अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर देश, जनता र समयको मागअनुसार नेकपा (एस) सँग पनि एकताका लागि छलफल चलेकोछ,’ गुरुङले भने ।

नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने बतउँदै गुरुङले भने, ‘समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन कसरी बलियो बनाउने, सदन र सडकसम्म संघर्ष कसरी गर्ने भन्नेलगायतका विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्ने छ ।’

स्थायी समिति बैठक जनार्दन शर्मा केन्द्रीत भएको रहेछ नि ? भन्ने संचारकर्मीहरुको प्रश्नमा गुरुङले भने पार्टीमा घनिभूत छलफल भएको र पार्टी थप एकताबद्ध भएको बताए ।

प्रतिक्रिया