नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई गोकर्ण फरेष्ट रिसोर्टमा विषेश छुट
नेपालखोज
२०८२ साउन २१ गते १७:४३

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोट, काठमाडौंबीच एक आपसी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोटमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५% छुट प्राप्त गर्न सक्ने छन् ।
यो सहकार्यको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई गुणस्तरीय सेवा प्रधान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकले जानकारी दिएको छ । एनआईएमबीले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको छ ।
बैंकले हाल २७५ शाखा, २६४ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया