मंगलबार, मंसिर २३, २०८२

शिव महिमा  

सुनिल सापकोटा २०८२ साउन २२ गते ५:२०

हिजोआज जताततै शिव / महादेवको पूजाआजा भएको पाइन्छ । हाम्रो हिन्दु धर्मावलम्बीहरु भन्छन् कि यो श्रावण महिना शिवजीको महिना हो। नेपालमा प्राचिन  इतिहास र पूराना शिलालेखहरुको अध्यन गर्दा निम्न लिखित शैव सम्प्रदायहरु उल्लेख भएको पाइन्छ। १) पाशुपत २) सोमा ३)मिश्र शैव ४)महेश्वर ५) नाथ ६) विर शैव ७) लिङ्गायत शैव मलाई लाग्दैन कि  शिवजी लाई बढी पुज्ने पनि कुनै निर्देशित  महिना हुन्छ ।

यो आस्थाको कुरा हो । मैले आस्थामा प्रहार गर्न खोजेको होइन ।  शिव लाई बुझ्ने आ- आफ्नो बुझाइ होला। कसैले इश्वर मान्ला, कसैले संस्कृति कसैले नमान्ला पनि । त्यसमा टीका टिप्पणी गर्नु छैन । मलाई लाग्छ ‘जो शुन्य छ , अनन्त छ । जस्को नमान छ, नअपमान छ । वैदिक सनातन संस्कृतिमा येस्तो ज्योतिपुन्ज जो दिगम्बर छ , जसलाइ कुनै वस्त्र वा कुनै चिजले छोप्न सकिदैन । जो नग्न छ अर्थात जो सत्य छ त्यो शिव हो ।’

आम मानिसमा शिवको जो रूप छ , त्यो राजा रविवर्मा भन्ने एउटा भारतिय चित्रकारले पुराणहरुका पुस्तकहरुमा बनाएको चित्रको रुप हो अरे। हिन्दूधर्मको अधिकांश मान्यताहरु कपोलकल्पि अन्धभक्ति, रुढीबादी बिचारहरुमा आधारित बनाइएको छ । धर्मको नाममा आ – आफ्नो पसलहरु खोलेर बसेका ठग गुरुहरु, ठग ब्राह्मणहरु, ठग संतहरु, ठग योगिहरु, ठगाहा जोगिहरु, ठगाहा बाबाहरु आदिले हिन्दु सनातन संस्कृति लाई दैनिक बदनाम र विकृत बनाएको समाचारहरु मिडियाहरुमा पढ्न पाइन्छ । दिक्‍कालाद्यनवच्छिन्‍नानन्‍तचिन्‍मात्रमूर्तये । स्‍वानुभूत्‍येकमानाय नमः शान्‍ताय तेजसे ।

प्राच्‍यादिदिशाभिः, कालैः च यस्‍य मापनं नैव शक्‍यं विद्यते, भनेर भनिएको छ । अर्थात जो  दिशा और काल बाट अविछिन्न छ । जस्को  न कुनै मान छ,  न कुनै  माप – नाप छ । जो  दिशाहरु र कालहरुमा समाहित छैन । जो अनन्‍त तथा चैतन्‍यस्‍वरूपमा शान्त छ । जो  व्‍यक्तिगत अनुभवहरु बाट मात्र बुझ्न सकिन्छ । त्यो ज्योतिपुन्ज नै शिव हो। यसलाई नै शिव भनिन्छ । वैदिक साहित्यमा  शिवको शाब्दिक अर्थ “शव”  अर्थात पार्थिव माने पूर्ण । जो पूरा  छ। येसैकारण  मृत शरीर लाई पार्थिव भनिएको हो। पूर्णको अर्थ शून्यमा परिभाषित गरिएको देखिन्छ । शिव केही पनि होइन । जो केही नभए पनि सबै कुरा हो। ईशोपनिषद् का अनुसार …. ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् , पूर्ण मुदच्यते, पूर्णस्य पूर्णमादाय, पूर्ण मेवा वशिष्यते। यश श्लोकको  शब्दार्थ हो। जीरोमा जीरो जोडियो भने =   जीरो ।

जीरोमा जीरो घटाइयो भने  , गुणा र भाग गरेपनी जिरो नै हुन्छ । येस्को भावार्थ हो , जो (परब्रह्म) देखिदैन तर अनन्त र पूर्ण छ । पूर्ण बाट पूर्णको उत्पती हुन्छ । यो दृश्यमान जगत पनि अनन्त छ । त्यही अनन्त बाट विश्वको आएको हो।  । उपनिषदीय व्याख्याहरुमा  यहि ज्योतिपुन्ज र जीवात्माको संयोग नै “लिङ्ग”को रुपमा  लिइएको देखिन्छ । लिङ्गको  अर्थ हो  रूप। जसलाई हेर्न सकियोस् । सायद रूप बिना सृजन सम्भव न भएर होला ।

शिवलिंग त्यसै रुपको प्रतीक हो अरे। शून्य बाट  जन्म लिएर शून्यमा नै बिलिन हुने यो सृजन लाई नै  जीवन भनिएको हो । जो वस्तुतः केही होइन । अर्थात शिव त्यही होला। शिवलाई  साहित्यमा विभिन्न नामहरु बाट लेखकहरुले सम्बोधन गरेको देखिन्छ । शिवलाई  दुर्धुर्ष भनिएको छ । समय  (काल) कसैबाट हार्दैन ।  जो  हार्छन त्यो  काल सङ हार्छन। शिव अनघ हो  , त्यो  न पाप हो  न पुण्य हो। शिव स्पन्दन रहित हो । “स्थाणो गिरीशगिरिजेश महेशशंभोः” जे कालातीत छ, त्यो  शिव हो । जे भइ सक्यो।  जे भइरहेको छ र भबिस्यमा हुनेवाला छ , त्यो शिव हो ।  त्यो काल ( समय ) हो। त्यो नै परमेश्वर हो  ।

प्रतिक्रिया