बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना पक्राउ
नेपालखोज
२०८२ साउन २२ गते १३:१७

काठमाडौं । काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ बस्ने २० वर्षीय आशिष राई तथा मोरङको उर्लाबारी नगरपालिका-१ घर हाल गोकर्णेश्व-५ जोरपाटी बस्ने १८ वर्षीय शंस्कार मगर रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडाैं र प्रहरी बृत्त बौद्धबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका थोकरको राष्ट्रिय ट्रमा सेन्टरबाट रेफर गरी अहिले वीर अस्पातलमा उपचार भइरहेको र अवस्था बोल्न सक्ने मध्यम रहेको प्रवक्ता चन्दले बताए ।
सम्बन्धित

प्रतिक्रिया