विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग अध्यक्ष दाहालकाे माग

नेपालखोज २०८२ साउन २२ गते १६:५७

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग माग गरेका छन् ।

अखिल (क्रान्तिकारी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा अध्यक्ष दाहालले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधेयक संसदीय समितिमा रोकिएको भन्दै छिटो पारित गर्न सरकारसँग माग गरे ।

उहाले विद्यालय शिक्षा विधेयक पाारित र उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन भए शिक्षा क्षेत्रका ९० प्रतिशत समस्या हल हुने बताए । संविधानको मर्म अनुसार ऐन बन्न नसक्दा शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उहाको भनाइ छ ।

प्रचण्डले अझै पनि ठूला पार्टीहरु शिक्षाको गुणस्तर बृद्धिमा गर्नमा भन्दा निजी क्षेत्रलाई नै प्राथमिकता दिने मानसिकतामा रहेको जिकिर गरे । शिक्षामा सुधार गर्ने प्रयत्न गर्दा ठूला पार्टीले हमला गरेको भन्दै अध्यक्ष दाहालले नेपालमा फेरि अर्को क्रान्तिको आवश्यकता देखिएको जिकिर गरे ।

प्रतिक्रिया