नाईमा एक्स्पोमा एमजीको वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक

नेपालखोज २०८२ साउन २३ गते १६:००

काठमाडौं । नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ धुमधामका साथ जारी छ, र यसै सन्दर्भमा एमजीले यस वर्षकै सबैभन्दा रोमाञ्चक अफरहरू सार्वजनिक गर्दै उत्साह थपेको छ ।

नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्स्पो अवधिमा मात्र लागू हुने विशेष अफरहरू घोषणा गरेको छ, जसले देशमा स्मार्ट मोबिलिटीको नयाँ मापदण्ड स्थापित गरेको छ । साउन २५ गतेसम्म, हल ए (स्टल ए १ र ए ३ ) र हल बी (स्टल एच ३) मा रहेका एमजी र आइएमका स्टलहरूमा गएर ग्राहकहरूले सीमित अवधिका लागि लागू हुने अफरहरू प्राप्त गर्न सक्छन् ।

यी अफरहरू एमजी ४ इभी (कम्फर्ट, डिलक्स भेरियन्ट), एमजी एस ५ इभी (कम्फर्ट, लक्जरी भेरियन्ट), विन्डसर इभी (एक्साइट, एक्सक्लुसिभ भेरियन्ट), कमेट इभी (एक्साइट, एक्जिक्युटिभ भेरियन्ट) र भविष्यको प्रविधि समेटिएको एमजी आइएम ६ (प्रिमियम ७५ किलोवाट भेरियन्ट) जस्ता चर्चित मोडेलहरूमा उपलब्ध छन् । ४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र प्रत्येक खरिदमा ३ किलोवाट वा ७ किलोवाट चार्जर निःशुल्क पाइने जस्ता आकषर्क सुविधाहरु छन् । यो एमजीको अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर हो ।

‘यो एक्स्पो गाडीहरू देखाउन मात्र होइन, ग्राहकहरूलाई स्मार्ट र ग्रीन मोबिलिटीतर्फ सहज रूपले अघि बढाउने प्रयास पनि हो,” पारामाउन्ट मोटर्सका महाप्रबन्धकसुनील बहादुर क्षेत्रीले भने, ‘हामीले एमजीको स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउन यस अफरमार्फत अतुलनीय मूल्य प्रदान गरिरहेका छौं ।’

उत्साहजनक सहभागिता र प्रतिक्रियासँगै, एक्स्पोमा एमजीको उपस्थितिले ब्रान्डप्रतिको लोकप्रियता र नेपालको विद्युतीय मोबिलिटी परिवर्तनप्रतिका सोचलाई प्रस्ट पारेको छ । केवल एक्स्पो अवधिमा मात्र उपलब्ध यी विशेष अफरहरूले आगामी दिनहरूमा उल्लेखनीय रुची र बुकिङहरू बढ्र्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया