शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी छ : सभापति थापा
नेपालखोज
२०८२ साउन २४ गते १७:४६

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले शिक्षा विधेयक जागिरेमुखी नभएर उत्पादनमुखी शिक्षा हुनुपर्छ भनेर विधेयकलाई अघि बढाइएको बताएका हुन् । उनले शिक्षक महासंघका पदाधिकारीहरुले आफूहरुसँग एउटा सहमति गरेर बाहिर अर्को बोल्ने गरेको बताए ।
सभापति थापाले आफूले महासंघका अध्यक्ष, महासचिवलगायतसँग पटक-पटक छलफल गरेको र प्राय: जसो सबै विषय सहमतिमै टुङ्ग्याइएको जानकारी दिए । महासंघले अहिले अस्थायी शिक्षक सबैलाई स्थायी गराउन भनिरहेको तर सरकारले त्यसलाई स्वीकारनगरेको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया