अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जानकारी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी ककेशस प्रतिद्वन्द्वी अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौतामा हस्ताक्षर गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । सम्झौताको इरान र पश्चिमा राष्ट्रहरूले स्वागत गरेको बताइएको छ ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले ट्रम्पको मध्यस्थताका लागि आभार व्यक्त गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि योग्य व्यक्ति भएको बताएका छन् ।
तथापि, लामो समयदेखिका शत्रुहरूबीचको सम्झौताको कार्यान्वयनलाई व्यबस्थित गर्न र बाध्यकारी बनाउन बिस्तृत व्याख्या सम्झौताको मुख्य अंशमा समावेश नभएका कारण सम्झौताको प्रकृति अस्पष्ट देखिएको छ ।
ट्रम्पले सम्झौताका हस्ताक्षरकर्ता दुई नेता (अर्मेनियाली राष्ट्रपति पाशिन्यान र अजरबैजानका राष्ट्रपति अलियेभ) बीच भविष्यमा ‘राम्रो सम्बन्ध’ रहने बताएका छन् ।
अजरबैजानले सन् २०२३ मा अर्मेनियाली सेनाबाट पुनः कब्जा गरेको विवादित काराबाख क्षेत्रलाई लिएर उनीहरू दुई पटक युद्धमा गए । युद्धका कारण एक लाख भन्दा बढी जातीय अर्मेनियालीहरूको पलायन भएको थियो। -रासस/एएफपी

प्रतिक्रिया