केन्द्रीय भूमिकाबिना पर्दामा नफर्किने कलाकार आशिषको घोषणा
नेपालखोज
२०८२ साउन २५ गते १२:३१

काठमाडौं । अभिनय क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएका दिग्गज कलाकार आशिष विद्यार्थीले आफू किन हाल फिल्महरूमा कम देखिनुको कारणबारे खुला रूपमा जवाफ दिएका छन् । आशिषले आफ्नो भ्लगमार्फत ‘केन्द्रिय भूमिका’ मा मात्र अभिनय गर्न इच्छुक भएकोले अहिले कम पर्दामा देखिन थालेको बताएका छन् ।
आशिषले जीवनमा कुनै प्रकारको रिस नराख्ने पनि बताए र वर्तमान अवस्थामा आफूसँग भएका समयलाई मोटिभेसनल स्पिकिङ, ब्लगिङ, र सिर्जनात्मक काममा लगाएको बताए । उनी हाल एक कमेडी स्केच पनि लेखिरहेका छन् ।
आशिषले नेपाली र भारतीय फिल्म उद्योगका दर्जनौं चर्चित फिल्महरूमा अभिनय गरेर आफ्नो छवि बनाएका छन् । उनका चर्चित फिल्महरूमा द्रोहकाल, १९४२ स् अ लभ स्टोरी, बाजी, मृत्युदाता, जिद्दी, मेजर साहब, सोल्जर, हसीना मान जाएगी, अर्जुन पंडित, र वास्तव समावेश छन् ।
सम्बन्धित

प्रतिक्रिया