धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते

नेपालखोज २०८२ साउन २५ गते १३:२१

काठमाडौं । धनकुटा नगरपालिका-८, स्थित टेकुनालामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । टेकुनालाबाट धनकुटा बजारतर्फ जाँदै गरेको को २ च २३०९ नम्बरको पिकअप गाडी बिहान करिब साढे १० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा पिकअपमा सवार २१ जना मध्ये १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।​​

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आज गाई जात्राका लागि उनीहरू पिकअपमा धनकुटा बजार आउँदै गरेका थिए ।

प्रतिक्रिया