नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूकाे असन्तुष्टि, माग पुरा नभए आन्दोलनमा उत्रिने

नेपालखोज २०८२ साउन २५ गते १३:४३

काठमाडौं । सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

निजी विद्यालयहरूलाई गैर-नाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने प्रावधानको विरोध गरेका हुन् । आइतबार निजी विद्यालयहरूका छाता संगठन हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै विरोध जनाएका हुन् ।

चार संगठनले विधेयकले शिक्षा क्षेत्रमा लगानीको सुरक्षामाथि प्रश्न उठेको बताएका छन् नेपालको शिक्षा विकासमा विगत चार दशकदेखि निजी क्षेत्रले पुर्‍याएको योगदानलाई बेवास्ता गरिएको निजी विद्यालयहरूले आरोप लगाए ।

विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिन नसकिने प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए । छात्रवृत्ति अन्तरगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्कमा मात्र छुट दिन सकिने अध्यक्ष अधिकारीको भनाई छ ।

प्रतिक्रिया