सभामुख घिमि र प्रमुख सचेतकबिचको बैठक स्थगित
नेपालखोज
२०८२ साउन २७ गते १०:५२

काठमाडाैं । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरू बिचको संयुक्त बैठक स्थगित भएको छ । सभामुख घिमिरेले मंगलबार ११ बजे बस्नेगरी प्रमुख सचेतकहरूसँगको संयुक्त बैठक बोलाएका थिए ।
सभामुख घिमिरेको कार्याव्यस्तताले ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हाे ।
प्रमुख सचेतकसँगको छलफलमा प्रतिनिधिसभा बैठकको कार्यसूचीसहित विभिन्न विधेयक तथा प्रतिवेदनहरूका बारेमा छलफल गर्ने बताइएको थियो ।
गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बहिस्कार गरिरहेको विषयमा पनि छलफल हुने तयारी थियो ।
सम्बन्धित

प्रतिक्रिया