२६.२२ अंकले नेप्से घट्याे, सात अर्बको शेयर किनबेच

काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । नेप्से आज पुन २६ दशमलव २२ अंकले घटेर २७ सय ९६ दशमलव २४ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य तीन अंकले घटेर चार सय ८१ दशमलव ३८ अंकमा झरेको छ । नेप्सेमा आज ३२३ वटा कम्पनीहरुको ७८ हजार दुई सय २६ पटकको कारोबारमा एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा होटेल तथा पर्यटन समूहको सूचक ९१ दशमलव २३ अंकले बढेर सात हजार दुई दशमलव २९ अंकमा चढेपनि बाँकी समूहहरुको सूचक भने उच्च अंकले घटेका छन् ।
जसमध्ये वाणिज्य बैंक समुहको सूचक १३ दशमलव ९६ अंकले घटेर १४ सय ६४ दशमलव ६४ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ४४ दशमलव ६४ अंकले घटेर पाँच हजार आठ सय २८ दशमलव ३८ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि ३९ दशमलव ३२ अंकले घटेर २५ सय १४ दशमलव २५ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि ४६ दशमलव ३० अंकले घटेर तीन हजार छ सय २० दशमलव ९६ अंकमा झरेको छ ।
जीवन बीमा समूहको सूचक पनि एक सय ४१ दशमलव २७ अंकले घटेर १३ हजार एक सय ५३ दशमलव ४३ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय दुई दशमलव ८८ अंकले घटेर १२ हजार ४८७ दशमलव ९१ अंकमा झरेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा सिटी होटेल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिक्लेस हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया