प्राप्त उपलब्धि रक्षा गर्नु पहिलो काम : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

नेपालखोज २०८२ साउन २७ गते १६:२२

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षा गर्नु पहिलो काम भएको बताएका छन् ।

महेन्द्रनगरमा आज नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरको उद्घाटन समारोहमा उनले वीर सहिदले अहिलेसम्मको सङ्घर्षबाट प्राप्त गरेका उपलब्धिको रक्षा गर्नु पहिलो काम भएको बताए ।

विसं २००६ मा कम्युनिष्ट नेता नरबहादुर कर्माचार्य र पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएपछि नेपालको क्रान्तिकारी आन्दोलनले फड्को मारेको उनले बताए । उनले लोकतान्त्रिक परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक रुपान्तरण र विकास तीव्र बनाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया