युवा लक्षित नीति तथा कार्यक्रम व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा सांसदको जोड

नेपालखोज २०८२ साउन २७ गते १७:५५

काठमाडौं । राष्ट्रियसभामा सांसदहरूले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश युवासम्बन्धी व्यवस्थालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदन कुमारी शाह (गरिमा) ले विगतका वर्षमा युवालाई निम्ति सरकारले नीति तथा कार्यक्रममा समावेश गर्दै बजेटको व्यवस्था गरे पनि व्यवहारिक रूपका कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै कार्यान्वयनका लागि माग गरिन् ।

उनले संरक्षण र पूर्वाधारको अभावमा कारण बाटोमा सङ्केतको अभावका वणीमालिका मन्दिर र त्येस क्षेत्रको अवलोकन गर्न जाने भक्तालु र पर्यटकहरूले धेरै दु:ख भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । सरकारले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन ल्याउन खोजेको बताउँदै बहुविवाह गर्न पाउने विधेयकलाई तत्काल रोक्नुपर्ने माग गरे ।

सांसद विष्णुदेवी पुडासैनीले बर्सात्को समयमा देशका विभिन्न स्थानमा बाटो भत्किएर यात्रुलाई सास्ती भएको भन्दै सो बाटो मर्मतको निम्ति सरकारसँग माग गरिन् । उनले प्राकृतिक प्रकोप एवं कानुनी छिद्रताका कारण देशका विभिन्न ठाउँका सडकहरू भत्किएको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा रहेका सडकहरू समयमै समपन्न गर्न आग्रह पनि गरिन् ।

प्रतिक्रिया