दफावार छलफलका लागि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमा

नेपालखोज २०८२ साउन २७ गते १८:१७

काठमाडौं । प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।

सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरु¬ङले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आव २०८०÷०८१’ पेस गरे ।

बैठकले पूर्वराज्यमन्त्री खड्गबहादुर वस्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ नेपाली कांग्रेस पार्टीबाट विसं २०६४ र २०७० को संविधानसभा सदस्य थिए ।

प्रजातन्त्र र लोकतन्त्र स्थापना एवं संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभएका बस्यालको यही साउन २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते बुधबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया