सर्वोच्च अदालतबाट महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने ढकालकाे माग खारेज
नेपालखोज
२०८२ साउन २७ गते १९:३१

काठमाडौं । सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेकोे रिट निवेदन खारेज गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आज उक्त रिट निवेदन खारेज हुने आदेश गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त विवादमा रिट निवेदन खारेज भई निर्देशनात्मक आदेश आएको जानकारी दिए ।
रिटमा लिखित आदेश आउन भने बाँकी रहेको उनले बताए । रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टीहितविपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निस्कासन गरिएको थियो । उक्त निर्णयविरुद्ध ढकालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया