राप्रपाका युवाबीच झडप भएपछि लिङदेनले गरे अधिवेशन स्थगित

नेपालखोज २०८२ साउन २८ गते १३:५९

काठमाडाैं राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ । दुई पक्षबीच झडप भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अधिवेशन स्थगनको घोषणा गरेका हुन् ।

कार्यक्रममा लिङदेनकै सामुन्ने हात हालाहाल भएको थियो । हात हालाहालपछि लिङदेनले अधिवेशन स्थगन गरिएको घोषणा गरे ।

त्यसअघि उनले गुण्डागर्दी र बाहुबलबाट कुनै कुरा टुंगो नलाग्ने भन्दै छलफलबाट सहमतिमा पुग्न आग्रह गरेका थिए ।

प्रतिक्रिया