वि.सं. १९९० को महाभूकम्पपछिको पुनर्निर्माण र भक्तपुरका ऐतिहासिक ढोकाहरूको कथा

वि.सं. १९९० सालको महाभूकम्प पछि काठमाडौं उपत्यका तहसनहस भएको थियो । यहाँका कतिपय मठमन्दिर तथा संरचनाहरू ध्वस्त भएका थिए । राणा श्री ३ जुद्धशमशेरको समय थियो । कति संरचना बनाइए । कति संरचना बनेनन् । कति संरचना बनाइए पनि वास्तविक रूपमा भन्दा भिन्न स्वरूपमा बनाइयो ।
नेपालमा नै पर्याप्त वास्तुकारहरू रहे पनि लुम्बिनीमा पूननिर्माणका लागि आइपुगेका भारतीय इन्जिनियर गोकुल चन्द्र नग्रथलाई जुद्धशमशेरले काठमाडौं बोलाएका थिए । तर यहि बिच अचानक नग्रथको निधन भए पछि कतिपय पूननिर्माणका काम अधुरै रहेको थियो ।
मल्लकाल तथा लिच्छवी काल देखि नै भक्तपुर सहरमा चारैतिर ढोका राखेर सुरक्षित बनाइएको थियो । त्यस समय सहर पस्नै मूलढोकाहरुलाई प्रतोली भनिन्थ्यो । भक्तपुरको पूर्वतर्फ च्याम्हासिंह ध्वाका, पश्चिममा भार्वाचो ध्वाका, उत्तर तर्फ महाकाली ध्वाका, दक्षिणमा माकचो ध्वाका बनाइएको थियो । त्यस्तै उत्तर पूर्वमा मूलध्वाका ख्वाप लायकु नजिकै ब्यासी तर्फ ब्यासी ध्वाका, अर्को सुगलध्वाका, लास्कु ध्वाका, खौमा ध्वाका, इटाछे ध्वाका, भेलुख्य ध्वाका, भः ध्वाका गरी विभिन्न ढोकाहरू बनाइएका थिए ।
गोर्खाली राजा पृथ्वीनारायण शाहले भक्तपुर आक्रमणको लागि भने हाल ख्वपः कलेज नजिकै रहेको च्याम्हासिंह ध्वाकाबाट नै भक्तपुर लायकु प्रवेश गरेका थिए ।
यहाँ राखिएको तस्बिर १०० वर्ष भन्दा अगाडि वि.सं १९७८ मा खिचिएको हो । ९० सालको महाभूकम्प भन्दा पहिले खिचिएको यस तस्बिरमा भएको ध्वाकाको बारेमा मलाई विशेष जानकारी भएन । यो ध्वाका इटाछे ध्वाका हो कि भन्ने लागेको छ ।

प्रतिक्रिया