भक्तपुर, ललितपुर र दाङ जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन
नेपालखोज
२०८२ साउन २९ गते ११:३४

काठमाडौँ । भक्तपुर, ललितपुर र दाङ प्रमुख जिल्ला अधिकारीविहीन भएका छन् । बुधबारबाट तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन भएका हुन् ।
ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई साउन २६ गतेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयभन्दा बाहिर सरुवा गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई सरुवा गरिएको छ ।
सरुवा गरेको निर्णय साउन २८ गते बुधबार सार्वजनिक भएको हो ।
सम्बन्धित

प्रतिक्रिया