यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय
नेपालखोज
२०८२ साउन २९ गते १३:१७

काठमाडौँ । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ ।
साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस्तै बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तरगत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने, राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्नेसहितका १८ वटा निर्णय गरेकाे छ ।


सम्बन्धित

प्रतिक्रिया