रुसको जीडीपी पहिलो त्रैमासिकमा १.२ प्रतिशतले वृद्धि

नेपालखोज २०८२ साउन २९ गते २०:३९

मस्को । रूसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२५ को पहिलो छ महिनामा १.२ प्रतिशतले वृद्धि भएको विभिन्न सञ्चार माध्यमहरूले बुधबार जनाएका छन् ।

रूसी आर्थिक विकास मन्त्रालयको अनुमान अनुसार, सन् २०२५ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशको आर्थिकी १.२ प्रतिशतले विस्तार भएको हो, जसको जानकारी तास समाचार संस्था मार्फत सार्वजनिक गरिएको हो ।

रूसको संघीय तथ्यांक सेवाले सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार, पहिलो त्रैमासिकमा १.४ प्रतिशतको वृद्धिपछि दोस्रो त्रैमासिकमा १.१ प्रतिशतको वृद्धि देखिएको छ ।

आर्थिक मन्दीको प्रमुख कारण घरेलु मागमा आएको कमजोरी रहेको मन्त्रालयले जनाएको छ । यसले मुद्रास्फीति दरमा समेत प्रभाव पारेको छ ।

मार्च महिनामा वार्षिक मुद्रास्फीति दर १०.३ प्रतिशत पुगेको थियो भने अगस्ट ११ सम्ममा घटेर ८.५५ प्रतिशतमा झरेको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया