भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार
नेपालखोज
२०८२ साउन ३० गते ९:३४

चितवन । भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन् ।
आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या बढेसँगै सरकारले आयोजनाको कार्यक्षेत्र विस्तार गरेको हो । चालु आवमा २४ वटा भूमिगत सिँचाइका आयोजना पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
पुराना तीन जिल्लामा १२ र थपिएका दुई जिल्लामा १९ करोडको लागतमा १२ वटा ट्युवेल जडान गरिने छन् । ती जिल्लामा ५४ वटा ट्युबेलको माग छ ।
सम्बन्धित

प्रतिक्रिया