नेप्से २ हजार ७८८ बिन्दुमा, सातामा ३० अर्ब ७५ करोडको शेयर किनबेच

नेपालखोज २०८२ साउन ३० गते १४:१०

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २ हजार ७८८ दशमलव ३६ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४७८ दशमलव ८२ बिन्दुुमा कायम भएको छ ।

यो साता ३२४ वटा कम्पनीको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख २३ हजार ३९२ पटकको कारोबारमा सात करोड ७८ लाख ७० हजार ४८३ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ३० अर्ब ७५ करोड ५१ लाख ९८ हजार २५५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १९ अर्ब रुपैयाँले कम हो ।

गत साता तीन सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार छ लाख २२ हजार ७६९ पटकको कारोबारमा १२ करोड ८६ लाख ९८ हजार ४८४ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम ४९ अर्ब ४० करोड सात लाख १२ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुलेको थियो । जसमध्ये दोस्रो, तेस्रो र चौंथो दिन ओरालो लागेको नेप्से परिसुचक पाँचौं दिन भने उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसुचक २७ दशमलव ९० अंकले ओरालो लागेर २ हजार ८२२ दशमलव ४५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७४ अंकले ओरालो लागेर ४८५ दशमलव ४१ बिन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक २६ दशमलव २२ अंकले ओरालो लागेर दुई हजार ७९६ दशमलव २४ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव तीन अंकले ओरालो लागेर ४८१ दशमलव ३८ बिन्दुमा झरेको थियो ।

चौंथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक १० दशमलव दशमलव ५० अंकले ओरालो लागेर २ हजार ७८५ दशमलव ७४ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ६१ अंकले ओरालो लागेर ४७९ दशमलव ७६ बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन बिहीबार भने नेप्से परिसुचक दुई दशमलव ६२ अंकले उकालो लागेर २ हजार ७८८ दशमलव ३६ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ९३ अंकले ओरालो लागेर चार सय ७८ दशमलव ८२ बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, हिमालन रि इन्स्योरेन्स कम्पनी, राधी जलबिद्युत कम्पनी आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल पुर्नबीमा कम्पनी, राधी जलबिद्युत कम्पनी लिमिटेड अगाडि देखिएका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया