हिजो पार्टी प्रवेश आज सदस्यता खारेज
नेपालखोज
२०८२ साउन ३० गते १९:११

काठमाडौं । नेपाली कांग्रेसले देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार (हिजो) पार्टी प्रवेश गरेका उनलाई पार्टी सदस्यता दिएका थिए ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उनी फौजदारी कानुनी कारबाही प्रक्रियामा रहेको जानकारी पाएपछि उनको सदस्यता खारेज गरिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझ्दै गर्दा निज व्यक्ति उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।’
सम्बन्धित

प्रतिक्रिया