पेट्रोलको मूल्य बढ्याे, डिजेल र मट्टीतेलको घट्याे
नेपालखोज
२०८२ साउन ३० गते २१:४२

काठमाडौं । पेट्रोलको मूल्य बढेकाे छ । नेपाल आयल निगमले शनिबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने घटेकाे छ ।
निगमका अनुसार, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ ।
यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया