यस्तो थियाे कृष्णको एउटा मूर्ति

आज कृष्ण जन्माष्टमी अधिकांश हिन्दुहरूको एक प्रमुख उत्सव त्यसमा पनि वैष्णव धर्मावलम्वीहरुको विशेष । कृष्ण भक्तिको लहर यति बढेको छ कि हिन्दु अहिन्दु गरेर कृष्णलाई भग वानको रूपमा पुज्ने सबैभन्दा बढी पुगेको छ । हिन्दु देवी देवतामा सबैभन्दा बढी अर्थात् करिब ६५ करोडले कृष्णलाई मान्दछन् । के साँच्चै हाम्रा आख्यानहरूले वर्णन गरे झैँ कृष्ण सर्वशक्तिमान् भगवान् हुन् त रु
हाम्रा आख्यानहरूमा वर्णित कथा अनुसार कृष्णको जन्म इसा पूर्व ३२२७ को भाद्र कृष्ण अष्टमी अर्थात् इ.पू ३२२८ जुलाई १८ मा भएको थियो । तर कृष्णलाई भग वानको रूपमा मान्दै कृष्ण भक्तिको लहर सातौँ शताब्दीमा तमिलनाडुबाट शुरू भएको थियो ।
यसरी फैलिँदै गएको कृष्ण भक्तिको लहर राजा सिद्धि नरसिंह मल्लले बि.सं. १६९४ को भाद्र ३ गते कृष्ण मन्दिर तैयार गराइ जन्माष्टमीको पूजा आरम्भ गरे देखि नेपालमा पनि व्यापक भएको थियो । युरोप अमेरिकामा १९ औ शताब्दीमा कृष्ण भक्ति प्रवेश पाएको अनुमान गरिए पनि स्वामी प्रभु पादले बि।सं। २०२३ असार १३ गते न्यूयोर्कमा क्ष्क्प्ऋइल् खोलेपछि बल्ल अमेरिकामा कृष्णभक्तले व्यापकता पाएको थियो ।
कृष्ण सम्बन्धी आख्यानहरूले कृष्णको चरित्रलाई विवादमा पुर्याउने गर्दछ । आखिर के साँच्चै कृष्णको कथा यी पुराण वा आख्यानहरूमा लेखिए जस्तै थियो १ यसमा विश्वासिला तथ्यहरू नै भेटिँदैनन् ।
कृष्णको बारेमा ऐतिहासिक तथ्य खोतल्दा पहिलो पटक कृषाण कालको इतिहासमा पुग्नु पर्दछ । मौर्यकलामा सिद्धार्थ गौतमको बुद्धत्वको प्रचार हुँदै थियो । भारत वर्षमा बुद्ध प्रतिको भक्ति शिखरमा थियो । मौर्यको समय पछि कुषाणवंशका राजा कनिष्कको समयमा कृष्णको चर्चा हुन थाल्यो । कृष्णका विभिन्न कथा बुनिन थाले । उनका मूर्तिहरू बन्न थाले । वास्तवमा कृष्ण कस्ता थिए वा उनको जीवनचर्या कसैलाई थाहा थिएन । कुषाणकालमा बनेका कृष्णका मूर्तिहरूबाट नै कृष्णका परिकल्पनाहरू बन्न थालेको थियो ।
हिन्दु प्रायद्वीपमा आर्यहरूले आफ्नो प्रभुत्व जमाउन सुरु गरेपछि यिनीहरू विभिन्न आख्यानहरूलाई पुराणको रूपमा लेख्दै गए । भारत वर्षको इतिहासको रूपमा लेखिएको काव्यमा विभिन्न समयमा विभिन्न राजाहरूले आफूलाई उच्च साबित गर्न परिमार्जित गर्दै गए । ५०० भन्दा बढी लेखकले करिब १००० वर्षको अवधिमा गरिएको विभिन्न परिमार्जन पछि बल्ल आजको महाभारत तैयार भएको थियो । कतिपयले बेब्यासलाई मात्र यसका लेखक भन्ने गर्दछन् जुन सत्य होइन । पाँचौँ शताब्दीमा लेखिएको गीतालाई महाभारतको भीष्म पर्वमा राखियो । गीताका वास्तविक रचनाकार अझै पनि अज्ञात नै छ ।
पहिलो शताब्दीमा सुरुवात गरिदिएको कृष्णको कथा महाभारतमा गीताको प्रवेशले अझ बढी कृष्णको अनुयायी बढाउन मद्दत पुग्यो । तर त्यहाँ एउटा भिन्नता थियो । कुषाणकालको कृष्ण, कृष्ण वासुदेवको रूपमा थियो । तर पछि गुप्तकामा वर्णित कृष्ण, कृष्ण गोपाल थियो । गुप्तकामा कृष्णको अनुयायी बढ्दै गयो । कृष्णको कथा पनि बन्दै गयो । दसौँ शताब्दीसम्म आइपुग्दा महाभारतमा एउटा अर्को पुराण थपियो जसलाई भागवत पुराण भनिन्छ ।
जसलाई धेरैले श्रीमद्भागवत भन्ने गर्दछ । यो पुराण खास गरी कृष्णको गाथाहरूलाई अझ बढी जनमानसमा पुराउनको लागी नै लेखिएको थियो । बाह्रौँ शताब्दीमा जयदेवले एउटा कृति रचना गरे गीत गोविन्द । यो साहित्यिक कृति थियो तर यहाँ वर्णित चरित्रहरूकै कारण कृष्णको रासलीला तथा राधाको जन्म भयो । वास्तवमा राधाको जन्म भएको भन्ने कहीँ उल्लेख नै छैन । तर गीत गोविन्दले उनको प्रेमिकाको चरित्र बनाइदियो । पछि सुरदासको रचना सुरसा गरले अझ बढी राधाको वर्णन गरिदियो । राधा जसको जन्म एउटा कृतिमा भएको थियो उनको अचेल त काल्पनिक जन्मदिन पनि धूमधामले मनाउने गरिन्छ । यो हाम्रो आस्थाको पराकाष्ठा हो ।
नेपालमा कृष्णको उल्लेख पाटनका राजा सिद्धि नरसिंह मल्ल पछि अत्यधिक आउँछ । यस पछि त पाटनमा ढलोटका विभिन्न किसिमका कृष्णका मूर्तिहरू बनेको उल्लेख गरेको भेटिन्छ ।
समग्रमा देशभक्ति भनेको नै एउटा आस्था हो । यही आस्थाले नै हामीमा जीवनको यात्राको गतिशीलतालाई लय दिन्छ । यदि यसरी भग वानको चर्चा परिचर्चा पुराण तथा आख्यानहरूमा नहुँदो हो त हामी लगाम विनाको घोडा झैँ जथाभाबी दौडन्थ्यौ । यही भग वानको नामको त्रासले नै हामीलाई लयबद्ध बनाएको छ ।
तस्बिर मा हालसम्ममा भेटिएको मूर्तिहरूमा यस मूर्तिलाई कृष्णको मूर्ति मानिन्छ । यस अर्थमा यो नै सबैभन्दा पुरानो कृष्णको मूर्ति हो । अन्दाजी तेस्रो शताब्दीको मानिएको यो मूर्ति कृषाण कालको अन्त तिरको मानिएको छ । यसमा कृष्णले केसी नाम गरेको राक्षस घोडालाई मार्दै गरेको देखाइएको छ ।








प्रतिक्रिया