कागबेनी-छुसाङ सडक कालोपत्र सुरू
नेपालखोज
२०८२ साउन ३१ गते १३:१८

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी-छुसाङ खण्ड कालोपत्र सुरू भएको छ ।
पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए । यो सडक कालोपत्र गर्न २८ करोड ८७ लाख विनियोजन गरिएको छ । यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्र भइसकेकोे छ ।
प्रमुख झाका अनुसार कागबेनी-छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया